
काठमाण्डौ । गत असोज महिनामा देशभर तीन हजार ९४७ वटा गाडी दुर्घटना हुँदा २४७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक सय ७७ पुरुष, ५८ महिला, नौ बालक र तीन जना बालिका रहेको नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परी ८४८ जना गम्भीर घाइते भएका छन् ।
यस्तै ४३७ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
असोजमा सबैभन्दा धेरै दुई हजार चार सय ६७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी पाँच सय ५५, बस एक सय २५, टेम्पो तीन सय २५ वटा दुर्घटनामा परेका छन् ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका प्रहरीको तथ्याङ्क छ ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
