
धादिङ । नेकपा एमाले धादिङले भोली (कात्तिक २५ गते) जिल्लाभर जनप्रदर्शन आयोजना गर्ने भएको छ।
जिल्लाको १३ वटै पालिकाहरुमा बृहत जनप्रदर्शन सहित छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।
जेन-जी आन्दोलनपछि देशभर फैलिदै गएको अराजकता र विध्वंस विरुद्ध खबरदारी गर्न र अपराधिहरूलाई दण्डित गर्न माग गर्दै जनप्रदर्शनको आयोजना गरिएको एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले जानकारी दिनुभयो ।
मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा र संविधानअनुसार संसद पुनःस्थापनाका लागि पनि प्रदर्शन महत्वपूर्ण रहेको उहाले बताउनुभयो।
लोकतन्त्रको जगेर्ना, संविधानको रक्षा र संसद पुनःस्थापनाको दबाव सिर्जना गर्ने उद्देश्यले धादिङका १३ वटै पालिकाका कमिटीहरूले जनप्रदर्शनसहित छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
आफ्नो पालिकामा हुने कार्यक्रमहरु भव्य बनाउन नेकपा एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सहभागिताको लागि एमालेले आव्हान गरेको छ।
