२०८२ कार्तिक २८, शुक्रबार

ठगी गर्ने एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ कार्तिक २८, शुक्रबार
ठगी गर्ने एक जना पक्राउ

धादिङ । धादिङमा अमेरिकी डलर सटही गरिदिने भन्दै आर्थिक लाभको लोभ देखाएर ठगीकार्य गर्ने एक जना पक्राउ परेका छन्।

बुधबार धुनिबेशी नगरपालिका-६ बानियाटारस्थित गणेश मन्दिर नजिक ठगी गरी फरार हुँदै गरेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ खोलेखर्क घर भएका ३६ वर्षीय धनकाजी शिवभक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई पिडितबाट झुक्याएर लिइएको रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

शिवभक्तिले अमेरिकी डलर साट्दा धेरै मुनाफा हातपर्ने भन्दै स्थानीय एक पुरुषलाई कपडाको पोका भित्र कागजका टुक्रा राखी नेपाली रुपैयाँ २ लाख ५० हजार ठगी गरेको प्रहरीले बताएको छ।

पक्राउ परेका शिवभक्तिलाई जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याई ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको र सम्मानित जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

उनको साथबाट नेपाली नोट २ लाख ५० हजार, मोबाइल सेट २ थान र अमेरिकी डलर भनी देखाइएका कागजका टुक्रा १ पोका बरामद गरिएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

अमेरिकी डलर अवैध रूपमा साटिदिने प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय हुन सक्ने हुँदा यस्ता व्यक्तिबाट सचेत रहन र शंकास्पद गतिविधि देखेमा तत्काल नजिकैको प्रहरी कार्यालयमा जानकारी गरिदिन प्रहरीले आग्रह गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस