२०८२ मंसिर १, सोमबार

बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुने

  • धादिङ आवाज
  • २०८२ मंसिर १, सोमबार
बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुने

धादिङ । धादिङमा बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ।

‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ अन्तरगत धादिङ जिल्ला भलिबल संघको आयोजनामा आगामी पौष ९ देखि १२ गतेसम्म सदरमुकाम धादिङबेशीमा बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।

यस्तै उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, बेस्ट प्लेयर र कोचलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क १० हजार तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति मंसिर ३० गतेसम्म राखिएको धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिममा खेलाडी एउटै जिल्लाका हुनुपर्ने, खेलाडी संख्या १२ जना तथा प्रशिक्षक, सहायक प्रशिक्षक र म्यानेजर १/१ जना हुनुपर्ने छ ।

खेल FIVB को नियमअनुसार सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

थप जानकारीका लागि
९८५११२१३१४, ९८५११३२६७८, ९८६६९९९६०६

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१५ घण्टा अघि

आजदेखि एनपीएल

खोजी गर्नुहोस