२०८२ मंसिर ३, बुधबार

अण्डाको मूल्य घट्यो

  • धादिङ आवाज
  • २०८२ मंसिर ३, बुधबार
अण्डाको मूल्य घट्यो

काठमाडौँ । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघको मंगलबार बसेको बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।

समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने भएको छ । संघका सचिव मदन केसीका अनुसार सानो अण्डाको प्रतिपेटी मूल्य २६ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि ठूलो अण्डा प्रति क्रेट ५०० र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो।

संघले चितवनबाट लोड भइ देशैभरीको अण्डा डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप मूल्य पर्ने बताएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आजदेखि एनपीएल

खोजी गर्नुहोस