२०८२ मंसिर ५, शुक्रबार

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रगोगमा प्रतिबन्ध

  • धादिङ आवाज
  • २०८२ मंसिर ५, शुक्रबार
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रगोगमा प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

आउँदो डिसेम्बर १० तारिख अर्थात् अर्को महिनादेखि लागू हुने नियमानुसार कम्पनीहरूले नाबालकका नयाँ खाता खोलेमा वा पूराना खाता सञ्चालन गरे ठूलो रकम जरिवाना तिनुपर्ने बीबीसीले जनाएको छ । सरकारले सामाजिक सञ्जालले बालबालिकालाई हानिकारक सामग्री, साइबर असुरक्षा जस्ता जोखिममा पार्दै आएको भन्दै कडा कदम चालेको जनाएको छ ।

प्लेटफर्महरूलाई कडाइका साथ नियम कार्यान्वयन गर्न भनिएको छ । टिकटक, युट्युब र गूगल जस्ता कम्पनीहरुले भने नयाँ नियम कार्यान्वयन गर्न कठिन हुने चेतावनी दिएका छन् । तर सरकारले यो बालबालिकाको सुरक्षाका लागि अनिवार्य भएको बताएको छ ।-एजेन्सी

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस