
काठमाण्डौ । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि एक करोड ८१ लाख ६८ हजार मतदाता रहेकामा चुनाव घोषणापछि आठ लाख ३७ हजार ९४ जना मतदाता थपिएका हुन् ।
