
धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–५ टोड्के बजारबाट Crystal Quartz सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
टोड्के प्रहरी चौकीबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा आईतबार साँझ रुवीभ्यालिबाट धादिङबेँशीतर्फ आउँदै गरेको यात्रुबाहक मुस्ताङगाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा सवार रुवीभ्यालि गाउँपालिका–१ का बर्ष ३६ को कमल तामाङलाई २४ केजी ०८ ग्राम Crystal Quartz सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।
Crystal Quartz बरामद गरी आवश्यक कारबाहीका लागि वन कार्यालय पठाइएको दाहालले जानकारी दिनुभयो ।
