
काठमाण्डौ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि औपचारिक रूपमा शुरू भएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ९नोभेम्बर २५० को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ ।
संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो ।
