२०८२ मंसिर ११, बिहिबार

चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

  • धादिङ आवाज
  • २०८२ मंसिर ११, बिहिबार
चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाण्डौ । चुनावको सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज निकाल्नुभएको विज्ञप्तिमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको सुरक्षाका लागि राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिनुभएको उल्लेख छ ।

गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चुनाव लक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

गएको भदौ २३ र २४ गते नवयुवाबाट भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा चुनाव तोकेको छ । filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस