
काठमाण्डौ । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपाल सेमिफाइनल पुगेको छ । यूएईको अजमानमा आज भएको खेलमा नेपालले हङकङलाई १ सय १९ रनले हरायो ।
नेपालले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङले ४० ओभर ५ बलमा १ सय ५१ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिभ माथुरले सबैभन्दा धेरै ३० रन बनाए ।
नेपालका अपराजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन बनायो । नेपालका कप्तान अशोक धामीले ७३, दर्श सोनरले नटआउट ४५ रन बनाए ।
हङकङका ड्यानियल माप र अभिमन्यु गणेशनले २र२ विकेट लिए ।
अब नेपालले सेमिफाइनलमा पर्सि मलेशियासँग खेल्नेछ ।
