
काठमाण्डौ । डिजेल र मट्टीतेलको मुल्य घटेको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ लिटरको एक ४५ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा एक सय ४६ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४२ अमेरिकी डलर बढाइएको छ ।
अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार १५ अमेरिकी डलर पुगेको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत भएको छैन ।
