
काठमाडौं । टोखा नगरपालिका-९ गोंगबु कुलान्त मार्गस्थित नमस्ते नेपाल गेष्ट हाउसबाट १ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा धादिङको नीलकण्ठ नगरपालिका-३ घर भएका २४ वर्षीय किशोर मगर, सोही नगरपालिका-७ घर भएका २५ वर्षीय कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिका-३ घर भएका २५ वर्षीय लोकेन्द्र खड्का रहेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
