२०८२ पौष ४, शुक्रबार

विज्ञान तथा सामाजिक सामाग्री प्रदर्शनी

  • धादिङ आवाज
  • २०८२ पौष ४, शुक्रबार
विज्ञान तथा सामाजिक सामाग्री प्रदर्शनी

धादिङ । सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनीस्थित आयाम इङलिस स्कुलमा विज्ञान तथा सामाजिक सामाग्री प्रदर्शनी गरिएको छ ।

बिद्यालयको वार्षिक कार्यक्रम अनुसार विद्यार्थीहरूको सिर्जनशीलता, प्रयोगात्मक सीप तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले बिभिन्न कलात्मक, परम्परागत सामाग्री, बिज्ञान सम्बन्धी सामाग्री प्रदशन गरेका थिए ।

सामाग्री प्रदर्शनीको अवलोकन गर्दै प्रमुख अतिथि सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले यस्ता शैक्षिक कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक र जीवनोपयोगी ज्ञान हासिल गर्न सहयोग पुग्ने बताउनुभयो। विद्यार्थीहरूले तयार पारेका सामग्रीले उनीहरूको सोच्ने क्षमता, सिर्जनशीलता र आत्मविश्वास झल्किने उहाँको भनाइ थियो।

यस्तै कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य भगवान भट्टले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमले समग्र शिक्षा प्रणालीलाई मजबुत बनाउने बताउनुभयो।

त्यसैगरी विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले विद्यालय सधैं सिर्जनात्मक तथा व्यवहारिक शिक्षामा जोड दिँदै आएको बताउँदै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले मात्र यस्ता कार्यक्रम सफल हुने धारणा व्यक्त गर्नुभयो।

प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान विषयअन्तर्गत सौर्य ऊर्जा, वातावरण संरक्षण, मानव शरीरका संरचना, पानी शुद्धिकरण प्रणाली लगायतका मोडेलहरू राखिएका थिए भने सामाजिक विषयअन्तर्गत नेपालको संस्कृति, भूगोल, ऐतिहासिक सम्पदा तथा सामाजिक सचेतनामूलक सामग्रीहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

यस्तै उक्त कार्यक्रमको अवसरमा बिधार्थी तथा शिक्षक शिक्षिकाहरुले बिभिन्न सास्ंकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस