२०८२ पौष ७, सोमबार

फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्

  • धादिङ आवाज
  • २०८२ पौष ७, सोमबार
फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्

काठमाण्डौ – फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो ।

योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ ।

फिफाको सार्क देश वरीयतामा भारत १ सय ४२ औं, माल्दिभ्स १ सय ७३ औं, बङ्गलादेश १ सय ८० औं, भूटान १ सय ९२ औं, श्रीलङ्का १ सय ९४ औं र पाकिस्तान १ सय ९९औं स्थानमा यथावत् छन् ।

फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो, ब्राजिल पाँचौं, पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, जर्मनी नवौं, क्रोएशिया दशौं स्थानमा यथावत् छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस