
धादिङ । धादिङको गजुरी गाउँपालिका-६ आदमघाट बजारबाट ३० किलोग्रामअवैध लागूऔषध गाँजा करिब सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने ३५ वर्षीय चन्द बहादुर तामाङ, सोही गाउँपालिका-८ बस्ने १९ वर्षीय युके लामा र सोही गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द बहादुर तामाङ रहेका छन् ।
सोमबार राति प्रहरी चौकी बैरेनी र अस्थायी प्रहरी प्रोष्ट आदमघाटबाट खटिएको प्रहरीले काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको लु-२ ख ६२३१ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
