२०८२ पौष ९, बुधबार

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

  • धादिङ आवाज
  • २०८२ पौष ९, बुधबार
कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

काठमाण्डौ । कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलेको छ ।

२०८३ सालमा हुने वार्षिक परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलाएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ ।

२०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९ )अन्तिमपटक, ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नु पर्ने हुन्छ ।

यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले आज निकालेको सूचनामा उल्लेख छ ।

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम आउँदो माघ २५ गतेसम्म बुझाइसक्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस