
काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका तीन जना कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका-१ का ३४ वर्षीय सन्जिव परियार भन्ने राजेन्द्र दर्जी, धादिङको थाक्रे गाउँपालिका-१० का ३५ वर्षीय विवेक परियार भन्ने राजेन्द्र दर्जी र मकवानपुरको चुरियामाई गाउँपालिका-३ का ३७ वर्षीय राजेन्द्र परियार रहेका छन् ।
पक्राउ परेका तीनै जना जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजायको फैसला भई सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका कैदीहरू रहेको प्रहरीले जनाएको छ ।
