
धादिङ । धादिङबेशीमा आजदेखी बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम धादिङबेशी स्थित कभर्डहल परिसरमा ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी छन् । जस्मा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहभागी हुनेछन् ।
धादिङबाट टिम ‘ए’ र ‘बि’ छन् भने र अरु जिल्लाबाट १/१ टिम रहेका छन् ।
सहभागी टिमहरुलाई चार समूहमा बिभाजन गरिएको छ।
जस्मा समूह ए मा धादिङ,मकवानपुर र सिन्धुली रहेको छ भने समूह बि मा नुवाकोट र रामेछाप रहेको छ । त्यस्तै समूह सि मा चितवन र सिन्धुपाल्चोक र समूह डी मा रसुवा र धादिङ बी रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
प्रतियोगिता पौष १२ गतेसम्म संचालन हुनेछ।
