२०८२ पौष १०, बिहिबार

आयोगद्धारा निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक

  • धादिङ आवाज
  • २०८२ पौष १०, बिहिबार
आयोगद्धारा निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक

काठमाण्डौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागिनिर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ ।

चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो ।

आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस