२०८२ पौष १०, बिहिबार

धादिङमा क्षत्री महिला समाज गठन

  • धादिङ आवाज
  • २०८२ पौष १०, बिहिबार
धादिङमा क्षत्री महिला समाज गठन

धादिङ । धादिङमा क्षत्री महिला समाज गठन गरिएको छ।

नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा बिहिबार आयोजित भेलाले दुर्गा अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा साबित्रा कंडेल, सचिवमा बिनु सिंखडा, सह-सचिवमा सपना अधिकारी र कोषाध्यक्षमा निलम थापा भण्डारी चयन हुनु भएको छ।

त्यस्तै सदस्यमा सजना थापा, जमुना भण्डारी, नमिता थापा, निशा थापा अधिकारी, दुर्गा ढुङ्गाना, सानुमैया थापा, सावित्री भण्डारी, भिम कुमारी कुंबर, चिनिमैया थापा र अम्बिका लामिछाने चयन हुनुभएको छ ।

यसैगरी सल्लाहकार समिति समेत चयन गरिएको छ ।

बरिष्ठ सल्लाहकार रेखा पण्डित अधिकारीको संयोजकत्वमा चित्रकुमारी भण्डारी, भगबति अर्याल, अप्सरा पाण्डे र सीता कार्कीको ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।

क्षत्री महिलाहरूको हकहित संरक्षण, सशक्तिकरण तथा सामाजिक एकताको उद्देश्यले सहित क्षत्री महिला समाज, धादिङ गठन गरिएको नव निर्वचित समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले क्षत्री महिलाहरुको शसक्तिकरणको लागि विभिन्न तालीमहरुको आयोजना गरिने र समय समयमा हकहितका अभियानहरु सञ्चालन गरिने पनि बताउनुभयो ।

नयाँ समिति अनि आफूले पाएको पदको जिम्मेवारीले उत्साहित हुनुका साथै समितिलाई सहि ढंगले अगाडी बढाउँदै लैजानको लागि चुनौती थपिएको महसुस भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी सबैले क्षेत्री महिला समाजको उद्देश्य अनुरुप एकजुट भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस