२०८२ पौष १३, आईतबार

नेपाल मगर संघ धादिङको अध्यक्षमा भीमबहादुर दर्लामी मगर

  • धादिङ आवाज
  • २०८२ पौष १३, आईतबार
नेपाल मगर संघ धादिङको अध्यक्षमा भीमबहादुर दर्लामी मगर

धादिङ । नेपाल मगर संघ धादिङको अध्यक्षमा भीमबहादुर दर्लामी मगर चयन हुनुभएको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङको १२औं जिल्ला अधिवेशनले भीमबहादुर दर्लामी मगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर थापा मगर, उपाध्यक्षमा कल्पना थापा मगर, मायादेवी थापा मगर, सचिवमा हरिबहादुर थापा मगर, सहसचिवमा अम्मर सिंह गिदेल मगर, धनबहादुर थापा मगर, कल्पना राना मगर, गकुल दर्लामी मगर र कोषाध्यक्षमा निर माया राना मगर चयन हुनुभएको छ।

यस्तै सदस्यहरूमा टोपबहादुर थापा मगर,  निराजन मगर, मञ्जु राना मगर, लक्ष्मी थापा मगर, डिलबहादुर थापा मगर, नवीन आले मगर, तुलबहादुर मगर, जानुका आले मगर, निरज थापा मगर, खड्कबहादुर थापा मगर, पम्फा पुलामी मगर, राजु लोप्पा मगर, भीमबहादुर राना मगर, सन्तोष मगर र मिरा थापा मगर चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष भीमबहादुर दर्लानी मगरले मगर समुदायको हकहित अधिकारका निमित्त कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस