
काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट करिब २६ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं लोलाङ बस्ने धादिङ घर भएका २६ वर्षीय बिक्रम परियार र बुढानिलकण्ठ नगरपालिका-४ ठुला गाउँ बस्ने २७ वर्षीय सगरमाथा तामाङ रहेका छन् ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा-प्र ०२-०३८ प ७०७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
