२०८२ पौष १८, शुक्रबार

अरुण सिलवाल सातौँ सेमेस्टरमा पनि विश्वविद्यालय टप गर्न सफल

  • धादिङ आवाज
  • २०८२ पौष १८, शुक्रबार
अरुण सिलवाल सातौँ सेमेस्टरमा पनि विश्वविद्यालय टप गर्न सफल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ निवासी अरुण सिलवालले पोखरा विश्वविद्यालय (PU) अन्तर्गत इन्जिनियरिङ संकायमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ।

पोखरा विश्वविद्यालयको School of Engineering (SOE) मा सिभिल इन्जिनियरिङ अध्ययनरत सिलवालले BE सातौँ सेमेस्टरको परीक्षामा ४ GPA प्राप्त गर्दै पुनः विश्वविद्यालय टप गर्न सफल हुनुभएको हो।

यसअघि पनि सिलवालले पहिलोदेखि छैटौँ सेमेस्टरसम्म लगातार ४ GPA हासिल गर्दै पोखरा विश्वविद्यालय टप गर्नुभएको थियो।

सातौँ सेमेस्टरमा समेत उत्कृष्ट नतिजा ल्याउँदै उहाँले आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ ऐतिहासिक रेकर्ड बनाउन सफल हुनुभएको छ।

धादिङको मिन्दुका माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका सिलवालले बागेश्वरी माध्यमिक विद्यालय, मलेखुबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको थियो।

हाल उहाँ छात्रवृत्तिमा पोखरा स्थित School of Engineering (SOE) मा अध्ययनरत हुनुहुन्छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ दिन अघि

आज तमु ल्होसार

खोजी गर्नुहोस