
धादिङ। गंगाजमुना गाउँपालिका-४ स्थित सातदोबाटोमा स्व.मनोज श्रेष्ठ स्मृति कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ४ र लि:ल घले समाज गंगाजमुनाको सयुक्त आयोजनामा पौष २७ गतेदेखी पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले रु. ४ हजार प्रवेश शुल्क बुझाउनुपर्नेछ भने दर्ता गर्ने अन्तिम मिति पौष २७ गते तोकिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५ हजार , द्वितीयले रु. ४० हजार , तृतीयले रु. २५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् भने सान्त्वनाले रु.१० हजार र प्रमाण पत्र प्राप्त गर्नेछन्।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
खेलहरू FIVE को नियम अनुसार सञ्चालन हुनेछन्।
प्रतियोगितामा धादिङ जिल्लाभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने र खेलाडीहरूले जर्सी अनिवार्य लगाउनुपर्ने नियम राखिएको आयोजकले जनाएको छ।
