२०८२ पौष २३, बुधबार

सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ पौष २१, सोमबार
सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

भीमफेदी गाउँपालिका-६ जुरीखेतमा हिजो बेलुकी भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट हेटौँडाको लागि छुटेको ना१ज १७७८ नम्बरको सुमो गाडी हेटौँडा–काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डमा दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

अन्य मृतक करिब ३५ वर्ष र ४० वर्षका पुरूषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो ।

घाइते ३ जनाको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस