
धादिङ । सिद्धलेक गाउँपालिका-२ सुन्दरपानी निवासी ४० वर्षीय टोप नारायण श्रेष्ठलाई थप उपचारको लागि आर्थिक अभाव भएको छ ।
हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत श्रेष्ठको दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण सफल भए पनि आर्थिक अभावका कारण थप उपचार र नियमित चेकअपमा समस्या भइरहेको परिवारले जनाएको छ।
मृगौला प्रत्यारोपणका क्रममा श्रेष्ठकी श्रीमतीले आफ्नै मृगौला दान गरेर जीवन बचाएकी थिइन्। तर प्रत्यारोपणपछि नियमित औषधि सेवन, परीक्षण तथा फलोअप उपचारमा ठूलो रकम खर्च हुने भएकाले परिवार थप संकटमा परेको छ।
महँगो औषधि र बारम्बार अस्पताल धाउनुपर्ने अवस्थाले उपचार निरन्तरता दिन कठिन भइरहेको जनाइएको छ।
श्रेष्ठ घरका एक्ला छोरा हुन्। परिवारको आर्थिक भार उनकै काँधमा थियो। तर लामो समयदेखि बिरामी परेपछि परिवारको आम्दानीको स्रोत पूर्ण रूपमा बन्द भएको छ। उनका साना-साना बालबालिका छन् भने परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ।
यसैबीच,आर्थिक सहयोग जुटाउने उद्देश्यले विभिन्न अभियानहरू सञ्चालन गरिएका छन्। सामाजिक सञ्जालमार्फत सहयोगको याचना गर्दै शुभेच्छुक, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगका लागि अपिल गरिएको छ।
आर्थिक सहयोगको लागि
1. Full Name : Top Narayan Srestha
2. Bank Name : sanima bank
3. Bank Account Number : 004011040000242

