२०८२ माघ ५, सोमबार

बैठकस्थलमा अभद्र व्यवहार भएको भन्दै गाउँपालिकाको आपत्ति

  • धादिङ आवाज
  • २०८२ माघ ४, आईतबार
बैठकस्थलमा अभद्र व्यवहार भएको भन्दै गाउँपालिकाको आपत्ति

धादिङ । रुवी भ्याली गाउँपालिकाले गाउँपालिका कार्यालयमा आयोजित बैठकमा भएको अभद्र तथा हिंसात्मक व्यवहारप्रति गम्भीर खेद प्रकट गरेको छ।

आईतबार गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै शनिबार स्थानीय सरोकारवालाहरू तथा गाउँपालिका भित्र सञ्चालित जलविद्युत् कम्पनीको संयुक्त आयोजनामा जग्गा विवाद तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विषयमा छलफल गर्न बैठक आयोजना गरिएको थियो।

बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा जलविद्युत् कम्पनीका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तर बैठकको क्रममा केही बाह्य तथा असम्बन्धित व्यक्तिहरू प्रवेश गरी उपस्थित जनप्रतिनिधि तथा जलविद्युत् कम्पनीका अधिकारीहरूमाथि अपशब्द प्रयोग गर्ने, हातपात गर्न खोज्ने र अभद्र व्यवहार देखाउने कार्य गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङ र उपाध्यक्ष फेलामा तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै गाउँपालिकाले घटनाको घोर भर्त्सना गरेको छ।

“यस किसिमका गतिविधिले विकास निर्माणका कार्य, समन्वय, सहकार्य र सहअस्तित्वको वातावरणलाई प्रभावित पार्ने भएकाले सबै पक्ष अत्यन्त संयमित र संवेदनशील हुन जरुरी छ।”,विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिकाले स्थानीयवासी तथा सरोकारवालाहरूलाई कुनै पनि समस्या शान्तिपूर्ण र कानुनी माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

४ घण्टा अघि

आज सोनम ल्होसार

खोजी गर्नुहोस