
धादिङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङका २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-१० बस्ने ३१ वर्षीय होम बहादुर परियार र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय राजन लम्साल रहेको प्रहरीले जनाएको छ ।
महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।
