
धादिङ । सिद्धलेक गाउँपालिका १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाईएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्वमा साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।
सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ।
शुक्रबार आयाम इङलिस स्कुलमा २६ जना जना नयाँ बालबालिकाहरुलाई अक्षरआरम्भ गराइएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।
पञ्चमीकै अवसरमा बिद्यार्थीबिच नृत्य प्रतियोगिता समेत आयोजना गरिएको अर्यालले बताउनुभयो । सिद्धलेक वडा नं १,२ र ५ का बालबालिकाहरुलाई अक्षरआरम्भ गराइएको उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०८३ को लागि प्ले ग्रुपको लागि भर्ना अभियान समेत सञ्चालन गरिएको छ ।
हाल २ सय भन्दा बढि विद्यार्थी रहेको यस विद्यालयले हरेक वर्ष सरस्वती पूजाको अवसरमा विद्यार्थी नयाँ भर्नाका लागि बालबालिकाहरुलाई अक्षर आरम्भ गराउँदै आएको छ ।
शुक्रबार विद्यार्थी तथा शिक्षक कर्मचारीहरुले ज्ञानकी देवी सरस्वतीको विधिपूर्व पूजाअर्चना गरेका थिए ।
हाल कक्षा ७ सम्म अध्यापन भईरहेको आयाममा दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।
