२०८२ माघ १२, सोमबार

प्रयास नेपाल धादिङ कार्यसमितिद्धारा परियोजनाको स्थलगत अनुगमन

  • धादिङ आवाज
  • २०८२ माघ ११, आईतबार
प्रयास नेपाल धादिङ कार्यसमितिद्धारा परियोजनाको स्थलगत अनुगमन

धादिङ । प्रयास नेपाल धादिङको कार्यसमितिका पदाधिकारी तथा सरोकारवालाहरूले स्थलगत अनुगमन तथा अन्तरक्रिया गरेका छन् ।

आड्रा नेपालको साझेदारीमा प्रयास नेपाल धादिङले संचालनल संचालन गरेको “उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना” अन्तर्गत खनियाबास र गंगाजमुना गाउँपालिकाका कृषक परिवारहरूबीच स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

परियोजनाले ८० वटा कृषक समूहमार्फत १६ सय कृषक घरपरिवारलाई लक्षित गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि, बजारिकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा केन्द्रित कार्यक्रमहरू संचालन भई रहेको कार्यकारी निर्देशक दामोदर अर्यात्लले जानकारी दिनुभयो ।

जलवायु अनुकूल कृषि अभ्यास, कृषक क्षमता विकास तथा आधुनिक कृषि प्रविधि हस्तान्तरण सम्बन्धी कार्यहरू निरन्तर भईरहेको छ।

अनुगमन टोलीले खनियाबास र गंगाजमुना गाउँपालिकाका विभिन्न वडाहरुका बुढाथुम, अम्बोटे, दाङसिङ, बर्दन, किन्ताङफेदी, देवीस्थान, गोरगङ, बृचेत, कुरीगाउँ, चौकी लगायत स्थानमा स्थलगत भ्रमण गरी कृषक समूह, कृषि अभ्यास, बहुउपयोगी पानी प्रणाली तथा जलवायु कृषक पाठशाला , सुधारिएको खोर, लैङ्गिक सामाजिक समाबेशीकरण सम्बन्धी गतिविधिहरूको प्रत्यक्ष अनुगमन गरेको थियो।

भ्रमणका क्रममा कृषकहरूको अनुभव, उपलब्धि, चुनौती तथा सुधारका सम्भावनाहरू सम्बन्धमा छलफल गरिएको थियो।

साथै, कृषकहरूको बाली व्यवस्थापन, पशुपालन, जलवायु अनुकुलन योजना, अभ्यास तथा बजार व्यवस्थापन र पहुँचबारे अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यसमिति बरिष्ठ सदस्य रेष्टन कँडेल, उपाध्यक्ष उषा वि.क ,कार्यकारी निर्देशक दमोदर अर्याल, फिल्ड संयोजक सुरज खनाल, लैङ्गिक एसोसिएट शर्मिला गुरुङ, प्राविधिक कर्मचारी ,सामुदायिक सहजकर्ता, जेण्डर च्याम्पियन, अगुवा कृषक, सम्बन्धित वडाध्यक्षहरू तथा परियोजना क्षेत्रका कृषक समूहका सदस्यहरू लगायतको सहभागिता रहेको प्रयास नेपाल धादिङका प्रशासन तथा लजिस्टिक सहायक राममाया तामाङले जानकारी दिनु भयो ।

स्थलगत भ्रमणका क्रममा कृषकहरूले अपनाइरहेका जलबायु अनुकूल कृषि अभ्यास, उत्पादन प्रबर्धनका उपाय, बाख्रापालनका खोर सुधार,नश्न सुधारका लागि ब्याड बोका उपलब्धताले देखिएको प्रगति र बजार व्यवस्थापन सम्बन्धी पाठशाला जस्ता अभ्यासहरूबाट सिकाइ र अनुभवहरु तथा सवालहरु कृषकहरुबाट जानकारी प्राप्त भएको छ।

परियोजना टोलीले स्थलगत अनुगमन भ्रमणबाट समग्र परियोजनाको प्रभावकारिता बढाउन महत्वपूर्ण योगदान भएको प्राविधिक रुपेश तामाङले बताउनु भयो ।

तस्विरहरु :

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस