२०८२ माघ १२, सोमबार

अण्डाको मूल्य बढ्यो

  • धादिङ आवाज
  • २०८२ माघ ११, आईतबार
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढेको छ । अण्डाको माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढेको छ।

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)  को फार्म मूल्य ४९५ पुगेको छ।

यसअघि प्रतिक्रेट ४६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ कायम गरिएको छ ।

यसअघि यो अण्डा ४४५ मा बिक्री हुँदै आएको थियो।गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो।

अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस