२०८३ जेष्ठ २१, बिहिबार

राइड सेयरिङका १ सय ७५ चालक ट्राफिक प्रहरीको कारबाहीमा

  • धादिङ आवाज
  • २०८२ चैत्र ९, सोमबार
राइड सेयरिङका १ सय ७५ चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँच अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १ सय ७५ जना चालक कारबाहीमा परेका छन् ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा राइड सेयरिङको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अनधिकृत सञ्चालन, मापदण्ड उल्लङ्घन र ट्राफिक नियम बेवास्ता गर्ने प्रवृत्ति पनि बढेकाले यो अभियान सञ्चालन गरिएको प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

जथाभावी यात्रु चढाउने–झार्ने, कागजात नहुने र गाडीको प्राविधिक अवस्था कमजोर हुने समस्या पनि भेटिएको उहाँले जानकारी दिनुभयो । ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सञ्चालनका लागि सम्बन्धित निकायको अनुमति, आवश्यक कागजात र ट्राफिक नियमको पालना अनिवार्य छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस