
काठमाण्डौ । प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
गएको फागुन २१ गते भएको चुनावबाट निर्वाचित सांसदहरूले आज सिंहदरबारमा रहेको निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभएको हो ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो ।
