
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाण्डौ जिल्ला अदालत लगिँदैछ ।
दुवै नेतालाई हिजो प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । तर हिजो शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन ।
आज ओली र लेखक दुवैलाई अदालत खुल्नासाथै उपस्थित गराउने तयारी छ ।
गएको भदौ २३ र २४ गते भएको नवयुवाबाट गरिएको आन्दोलन र क्षतिबारे घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।
