२०८३ जेष्ठ २०, बुधबार

८० केजी क्रिष्टलसहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८३ जेष्ठ ७, बिहिबार
८० केजी क्रिष्टलसहित एक जना पक्राउ

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका-३ सेक्टर चौताराबाट अवैध ‘क्रिष्टलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार रुबीभ्याली गाउँपालिकाबाट धादिङबेँसीतर्फ अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा प्लास्टिकका चार वटा बोराभित्र लुकाइछिपाइ राखिएको करिब ८० केजी क्रिष्टलसहित रुबीभ्याली गाउँपालिका-३ निवासी ३५ वर्षीय फुन्चो तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पक्राउ परेका तामाङ र बरामद सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको प्रहरीले छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस